गान्तोक: सिक्किम मूलवासी सुरक्षा संघले नेपाल लगायत अन्य देशका नागरिकहरू सिक्किम आउॅंदा इनर लाइन पर्मिट (आईएलपी) बनाएर कानुनी रूपमा प्रवेश गर्न अपील गरेको छ। संघले नेपालकी यूट्यूबर उमा चामलिङ प्रकरणपछि उत्पन्न भएको स्थितिमाथि बोल्दै यस्तो अपील गरेको हो।
संघले यस्तो स्थिति उत्पन्न हुनुमा सिक्किम पुलिस दोषी रहेको आरोप पनि लगाएको छ।
सिक्किम मूलवासी सुरक्षा संघका अध्यक्ष रत्नलाल सापकोटाले राजधानीमा आज एक पत्रकार सम्मेलनमा नेपालकी चेली उमा चामलिङका कारण आज सम्पूर्ण सिक्किमेहरूले गाली सहन गर्नु परिरहेको बताए। उनले नेपालकी चेलीसॅंग यहॉं गलत भएको हुन सक्छ र यसको निम्ति खेद पनि प्रकट गर्दछौ भने। तर, कसैको गल्तीका कारण सम्पूर्ण सिक्किमेहरूलाई गोली गर्ने काम नगरिदिन उनले अपील गरे।
अध्यक्ष सापकोटाले बताए अनुसार, नेपालीकी चेली सिक्किम प्रवेश गर्दा आईएलपी बनाउनु पर्ने थियो। आईएलपी नबनाई उनी कसरी सिक्किमभित्र प्रवेश गरिन्। मल्ली चेक पोस्टमा उनी चडेको गाड़ी किन जॉंच गरिएन। उनले त्यस दिन चेक पोस्टमा को ड्युटीमा थिए भनी पुलिसलाई प्रश्न गरे भने जॉंच गरेर दोषीहरू विरूद्ध कारबाही हुनुपर्छ भने।
उनले यो स्थिति उत्पन्न हुनुमा पहिलो दोषी पुलिस हो भन्दै यदि वाहनहरूको जॉंच हुॅंदैन भने रम्फू र मल्ली चेक पोस्टको औचित्य पनि नरहेको बताए। उनले चेक पोस्टमा नागरिकता बोरामा हालेर राखिएको छ भन्दै उनीहरू सिक्किम आएपछि किन फर्किएका छैनन्, यसको पनि जॉंच हुनुपर्छ भनी बताए। उनले नेपाल लगायत अन्य देशका नागरिकहरूलाई आईएलपी बनाएर वैध रूपमा सिक्किम आउन र घुमेर जान अपील गरे। उनले प्रशासनलाई आईएलपी सही रूपमा लागू गरिदिन अनुरोध पनि गरे।










