विदेशमा मेडिकल पढ्न चाहने विद्यार्थीहरूलाई खुशीको खबर

नयाँ दिल्ली: विदेशमा मेडिकल पढ्न चाहने विद्यार्थीहरूको निम्ति खुशीको खबर छ। कोरोना महामारी वा रूस-यूक्रेन युद्धको कारण भारत फर्केका यस्ता भारतीय विद्यार्थीहरू जो आफ्नो स्नातक चिकित्सा पाठ्यक्रमको अन्तिम वर्षमा थिए, उनीहरूलाई विदेशी चिकित्सा स्नातक परीक्षा (एफएमजीई) मा बस्ने अनुमति दिइनेछ। यद्यपि, यसको निम्ति विद्यार्थीहरूको शिक्षा पूरा गरेको हुनुपर्छ र ३० जून वा त्यसअघिसम्म कोर्सलाई पूरा गर्ने सर्टिफिकेट प्राप्त गर्नु जरूरी हुनेछ।

राष्ट्रिय चिकित्सा आयोग (एनएमसी) ले यसलाई लिए आधिकारिक घोषणा गरेको छ। आफ्नो नोटिसमा एनएमसीले भनेको छ, सर्वोच्च अदालतद्वारा २९ अप्रेलमा पारित आदेशअनुसार एफएमजीईको परीक्षामा बस्नका लागि विद्यार्थीहरूलाई ३० जून २०२२ मा या त्यसअघि आफ्नो सम्बन्धित संस्थानद्वारा पाठ्यक्रम पूरा गर्ने प्रमाण पत्र प्राप्त गर्नु आवश्यक छ।

About Author

Advertisement