विक्रमादि र सुवासमणिको बेल निवेदन खारेज

IMG-20250616-WA0038

गान्तोक: गोर्खा सेवा सेनाका संयोजक विक्रमादि राई र सुवासमणि सिंहको बेल निवेदन खारेज भएको छ। गत १३ जूनको दिन दर्ता गरिएको बेल निवेदनमाथि सोमवार सिक्किमको प्रिन्सिपल डिस्ट्रिक्ट एण्ड सेसन्स कोर्टमा सुनुवाइ भएको थियो, जसमा अदालतले बेल खारेज गर्ने निर्णय सुनायो।
अदालतको यो निर्णयसँगै राई र सिंहको रोङ्गेक जेलमा जारी १४ दिनको न्यायिक हिरासत यथावत् रहने भएको छ।

About Author

Advertisement