विकासको ढोल पिट्नेहरूले पाँच लाखको सी आर्म मशीन समेत ल्याउन सक्दैन भने म ल्याउने छु: एडवडार्स

IMG-20230517-WA0217.jpg

दार्जीलिङ: विकासको ढोल पिट्नेहरूले पाँच लाख रूपियाँको सी आर्म मशीन ल्याउन सक्दैन भने म ल्याई दिन्छु भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। दार्जीलिङ जिल्ला अस्पतालमा आर्थो डाक्टरको अभावको कारणले आर्थो सम्बम्धित रोगहरूले पिडित गरीब रोगीहरूको अवस्था दयनीय भएको थियो। जिल्ला अस्पतालमा आर्थो डाक्टर अविलम्ब नियुक्ति गरिनु पर्ने मांगहरू गर्दै राजनैतिक दलहरूदेखि संघ संस्थाहरू समेतले सम्बम्धित विभागीय अधिकारीहरूलाई पत्रचार गरेका थिए। जसको फलस्वरूप दार्जीलिङ जिल्ला अस्पतालमा आर्थो सर्जन डाक्टर संजय हक आए अनि उनले आर्थो सम्बम्धित धेरै रोगीहरूको उपचारदेखि लिएर अपरेशन समेत गरेर स्वास्थ्य बनाउँदै आईरहेका थिए। तर अपरेशनको क्रममा जरूरी सी आर्म मशीनको अभाव बताउँदै अविलम्ब सी आर्म मशीन ल्याउने अनुरोध गर्दै आईरहेका थिए। जीटीएको स्वास्थ्य विभागदेखि लिएर सम्बम्धित विभागीय अधिकारीहरूले यो महिना, अर्को महिना भन्दै टार्ने काम गर्दै आएको देखेर निराश डाक्टर संजय हकले जिल्ला अस्पतालको नोकारीदेखि राजीनामा दिएको छ। यो पहाड़वासीको निम्ति अति नै दु:खको खबर हो अध्यक्ष अजय एडवडार्सले भने। उनले भने, जीटीएको विभागीय सभासदलाई मैले आजभन्दा केही महिना अघि नै सी आर्म मशीन ल्याउने अनुरोध गरेको थिए। सी आर्म मशीनको मूल्य केवल पाँच लाख रूपियाँ जति पर्छ। यदि जीटीएले उक्त मशीन ल्याउन समक्ष छैन भने सभासदले आधा पैसा निकालोस अनि म आधा पैसा निकाल्छु तर सी आर्म मशीन चहि ल्याई हाल्नुपर्छ भन्ने मैले अनुरोध गरेको थिए। तर आजसम्म मशीन नल्याउँदा निराश भएर डाक्टर हक स्वयमले यहाँबाट जाने निर्णय लिएको छ यो पहाडवासीको निम्ति राम्रो होइन।राज्यको स्वास्थ्य मन्त्रीको कार्यभार राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीले समाल्दै आईरहेको छ। हामीले मुख्यमंत्रीसंग भेट गर्ने समय मांगेका छौं। यदि मुख्यमंत्रीले हामीलाई भेट्ने समय दिएको खण्डमा हामी अवश्य भेटनको निम्ति कोलकता जानेछौं। तर समय दिन्दैन भने हामी जिल्ला अस्पतालमा सी आर्म मशीनको अभाव आदि जस्ता विषयहरूबारे उनलाई पत्रचार गर्नेछौं।’
उनले अझ भने, विकासको ढोल पिटनेहरूले पाँच लाख रूपियाँको सी आर्म मशीन ल्याउन सक्दैन भने म मेरो पहाडवासीको निम्ति सी आर्म मशीन ल्याउनेछु।’

About Author

Advertisement