दार्जीलिङ: विकासको कार्यमा राजनैतिक गर्नु हुँदैन भन्ने राजनैतिक दलको नेतृत्वहरूले नै त्यस्तो काम गर्दैछ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले आरोप लगाएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले धोत्रे बालासन क्षेत्रको भ्रमण गरेका छन्। यस अवधि स्थानीय धेरै समर्थकहरूले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाएका थिए। अध्यक्ष अजय एडवर्डले भने, जीटीए सभा गठन भएको एक वर्ष पुग्न लागेको छ। जीटीए सभाको सत्ता चौकीमा बस्नेहरूले चुनाव अवधि पहाडको प्रत्येक समष्टि, गाउँ धुराहरूमा विभिन्न प्रकारको आशा र भरोसाहरू देखाएका थिए। तर आज उनीहरूले आफ्नो वचन पूरा गरेको छैन। उनले अघि भने, यहाँ प्रधानमन्त्री ग्रामीण सडक योजना अन्तर्गत सडकको निर्माण कार्यहरू भईरहेको छ। यो अति नै राम्रो विषय हो। प्रधानमन्त्री ग्रामीण सडक योजनाद्वारा निर्माण गरिएको सडक १० वर्षसम्म यथावत रहनुपर्छ अनि पाँच वर्षपछि फेरि पुनः जीर्णोद्वार गरिन्छ। ग्लेनवर्ण,बुङकुङ आदि क्षेत्रहरूमा केन्द्र सरकारको योजनाद्वारा निर्माण गरिएको बाटोहरू अति नै राम्रो छ। यसको प्रशंसा गर्नैपर्छ अनि बधाई पनि दिनैपर्छ। अघि अघि प्रधानमन्त्री ग्रामीण सडक योजनाद्वारा निर्माण गरिएको बाटोहरू राम्रो हुँदैन थियो। तर अहिले हामीले धेरै राम्रो राम्रो काम भएको देख्यौं। विकास काममा कुनै पार्टी, कुनै दल हेर्न हुँदैन। सिलगढी आदि क्षेत्रहरूमा सबै ठाउँमा सम्मान रूपमा काम गरिनेछ। विकास कार्यको निम्ति सत्ता पक्ष पार्टीको झण्डा समात्न पर्ने स्थिति त्यहाँ देखिन्दैन। हाम्रो नानीहरूले वाई वाई खाँदा पनि उनीहरूले त्यसमा ट्याक्स तिरेको हुन्छ भने सरकारद्वारा गरिने विकास कार्यहरू हामीले तिरेको ट्क्यासद्वारा नै गरिन्छ।
हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले आरोप लगाउँदै भने, जीटीए चिफ् स्वयमले भन्ने गर्छन् विकासको काममा राजनीतिकरण गरिनु हुँदैन। तर दु:खको कुरा एउटा गाउँमा सत्ता पक्षको नेतृत्वहरूले एक सय बेग सिमेन्ट दिएका थिए। तर त्यस गाउँका गाउँलेहरूले हाम्रो पार्टीलाई समर्थन गरेको थाहा पाएपछि उनीहरूले ती सबै सिमेन्टहरू फिर्ता लिए। अध्यक्ष एडवाडर्सले अझ भने, ‘अब हुने पञ्चायत चुनावमा कुनै पार्टीले जित्नु हुँदैन। तर गाउँले,समाजले जित्नु पर्छ। हामीले ग्रामीण क्षेत्रहरूमा कच्चा बाटोको निर्माणहरू मात्र गर्न सकेका छौं। भोलीको दिनमा जनता पञ्चायती व्यवस्था आफ्नो पक्षमा ल्याउन सकेको खण्डमा कच्चा बाटोहरू सबै पक्का बाटो, कालो बाटोमा परिणत हुनेछ।’











