विकल राणा पुन: हाम्रो पार्टीमा फर्किए

IMG-20230510-WA0242.jpg

दार्जीलिङ: चुङथुङ मेरीबुङ तामसाङ समष्टिको प्रभावशाली युवा नेता विकल राणा हाम्रो पार्टीमा फर्किएका छन्।विकल राणा हाम्रो पार्टीको एक सक्रिया युवा नेताको रूपमा कार्यरत थिए। तर जीटीए सभा चूनावको अवधि क्षेत्रिय कार्यकर्ता संगको मतभेदमा विकल राणा पार्टीदेखि अलग भएका थिए। उनी पूनः हाम्रो पार्टीमा फर्किएका छन। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले चुङथुङ मेरीबुङ तामसाङ समष्टिको भ्रमण गरेको थियो।यस अवधि पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ, उपाध्यक्ष रोवर्ड छेत्री, युवा एकाई कोअर्डिनेटर राप्गे राई आदि सामेल थिए।मेरीबुङ स्थित विकल राणाको धरमा सांगठनिक सभा सम्पन्न भयो। यस अवधि युवा नेता विकल राणा हाम्रो पार्टीमा पूनः फर्किए। पार्टी अध्यक्ष अजय एडवाडर्सले खदा लगाएर विकल राणालाई पार्टीमा पूनः स्वागत जनाए। हाम्रो पार्टीको केन्द्रीय नेताहरू साथै युवा एकाईको नेतृत्वहरूलाई विकल राणाले भरोसा दिलाउदै अब उसो पार्टीले जारी गरेको दिशा निर्देशलाई आत्मासात गर्दै अधि बडने बताए। स्मरण रहोस हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको अहिले घुइचो लागेको छ।

About Author

Advertisement