वाहनको टक्करले दुई जना गम्भीर रूपमा घाइते

IMG-20230215-WA0000.jpg

सिङताम: सिङताम पुलिस थाना क्षेत्र अन्तर्गत लोवर सामदुङमा वाहनको टक्करले दुई जना गम्भीर रूपमा घाइते भएका छन्। यस घटनाको सन्दर्भमा पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पुलिस रिपोर्ट अनुसार, यो घटना सोमवार बिहान लगभग ११ बजी घटेको हो। स्मृति सापकोटा र रजनी कोइराला सामदोङको एउटा सड़कको प्यारापेटमा बसिरहेको समय एउटा वाहनले हिर्काएर दुवैलाई गम्भीर रूपमा घाइते बनाए। दुवैलाई गम्भीर स्थितिमा सिङताम अस्पताल उपचारको निम्ति लगियो।

पुलिसले वाहन चालक मेहराज अलिलाई पक्राउ गरेको छ। २२ वर्षीय आरोपित बिहारको चम्पारण निवासी हुन् भने अहिले अप्पर सामदोङमा बस्दैछन्। आरोपित विरूद्ध २७९/३८ अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

Advertisement