वाहनको चपेटमा परेर चार जना नानीको मृत्यु

suv_large_1847_153

धुबड़ी(असम): शारदीय दुर्गा पूजा उत्सवबीच शुक्रवार बिहान धुबड़ी जिल्लामा एक दुःखद सड़क दुर्घटनामा चार जना नानीको मृत्यु भयो। दुर्घटना धुबड़ी जिल्लाको सोनाखुलीमा आज बिहान भयो।
धुबड़ीको सोनाखुलीमा बिहान राष्ट्रिय राजमार्ग १७ छेउ ४०दिनको नानीलाई काखमा लिएर नानीहरू खड़ा थिए, यहीबीच तीव्र रफ्तार चार चक्के वाहनले उनीहरूलाई हिर्कायो, जसमा तीनै नानीको घटनास्थलमै मृत्यु भयो। एक अन्य नानीको अस्पताल लगिएको समय बीच बाटोमा मृत्यु भयो। मृतकहरूको पहिचान मरियम खातून (१०), जुबैर हुसैन (७), अबू रेहान (४० दिन) र मेन्हदी हुसैन (५) को रूपमा गरिएको छ। दुर्घटनाको कारण बनेको वाहन (एएस-१७एल-६३३१) लाई पुलिसले जफत गरेको छ। सूचना पाउनसाथ स्थानीय पुलिस घटनास्थलमा पुग्यो तर वाहन चालक घटनास्थलबाट भागिसकेको थियो। पुलिसे यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरेर अगाड़ीको जाँच शुरू गरेको छ।

About Author

Advertisement