वार्ड नम्बर ९ मा भागोप्रमोको चुनावी सभा बुथ स्तरीय चुनाव कमिटी गठन

IMG-20260328-WA0082

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ९ को बुथ नम्बर १९३ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सदस्य तथा खरसाङ महकुमा चुनाव प्रभारी समिरदिप ब्लोनको अध्यक्षतामा एक सभा सम्पन्न भयो। सभालाई खरसाङ टाउन कमिटीको मूल सचिव बिरबल पाखरीनले सञ्चालन गरेका थिए। सभालाई महकुमा नारी शक्तिकी सभापति तथा नगरपालिका क्षेत्र चुनाव प्रभारी सबिता कार्की, केन्द्रिय समिति सदस्य तथा महकुमा युवा शक्ति सभापति प्रेमेन्द्र गुरूङ, नारी शक्ति कार्यकारिणि सदस्य शितल रसाईली र महकुमा चुनाव प्रभारी तथा टाउन कोर्डिनेटर समीरदिप ब्लोनले सम्बोधन गरेका थिए।

सभामा उपाध्यक्ष संजय मुखिया, सह सचिव रमोद गुरूङ, सांगठनिक सचिव बिशम तामङ, कार्यकारिणी सदस्यहरू राजु सेवा, अनुराग छेत्री,युवा शक्ति सभापति बन्दन लामा, २८ नम्बर समष्टीकी सभापति सुष्मा मुखिया, टाउन नारी शक्ति सह कोषाध्यक्ष सन्जना सेन गुप्ता, कार्यकारिणी सदस्या निर्मला प्रधान विशेष रूपले उपस्थित थिए। सभाको अन्त्यमा बुथ नम्बर 193 को निम्ति बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ।

About Author

Advertisement