खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले चुनाव लडिरहेको २९ नम्बर खरसाङ-गिध्द पहाड़ समष्टिमा लगातार चुनाव प्रचार चलिरहेको छ। पार्टीका अध्यक्ष अनित थापालाई जिताउन कार्यकर्ताहरुले चुनाव प्रचार जारी राखेका छन्। यसै क्रममा आज खरसाङ बजारको वार्ड नम्बर १४ मा चुनाव सभा सम्पन्न भयो। उक्त चुनावी सभा भागोप्रमो वार्ड नम्बर १४ का सभापति देवराज भण्डारीको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभालाई टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवाले सञ्चालन गरे। सभामा टाउन कमिटीको सभापति राजु लामा, वार्ड नम्बर १४ को वार्ड पार्षद रबीन गोले, देवराज भण्डारी आदिले वक्तव्य राखे। आज नै वार्ड नम्बर १४ मा भागोप्रमोको चुनाव कार्यालय पनि उद्घाटन गरिएको छ। सभामा वक्ताहरूले खरसाङ गिध्द पहाड़ समष्टिबाट पार्टी अध्यक्ष अनित थापालाई जिताउने आहवान गरे। सभामा समष्टिका सभापति पेमेन्द्र गुरुङ, भागोप्रमोका केन्द्रीय सदस्य आरबी लामालगायत अन्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीका सभापति राजु शर्माले भने, ‘हामी जित्छौं नै तर जितको मार्जिन ठूलो हुनुपर्छ भनी हामी खटिरहेका छौंl’ उनले पार्टी अध्यक्ष अनित थापाले जनताका लागि गरिरहेको कार्यले गर्दा पनि जीत निश्चित रहेको दाबी गरे।








