सिलगढी: सिलगढी पुलिस आयुक्तालय अन्तर्गत सिलगढी पुलिस स्टेशनको पहलमा शुक्रबार वार्ड नम्बर १७ मा एक ग्राम सभाको आयोजना गरिएको थियो। सो सभामा वार्डवासीले आफ्ना विभिन्न गुनासोहरू पोखेका थिए। त्यसैको आधारमा पुलिसले शनिबार बिहान यस इलाकामा गस्ती दियो। मोटरसाइकललाई रोकर सोधपुछ गऱ्यो । कलेज पछाडिको बाटोमा किन बसेको भन्नेबारे सोधपुछ गरिएको थियो । पुलिस प्रशासनको यस्तो अग्रसरताबाट वार्डवासीहरू अत्यन्तै खुशी भएका छन्। आगामी दिनमा पनि गस्तीलाई निरन्तरता दिने पुलिस अधिकारीहरूबाट जानकारी प्राप्त भएको छ।










