वामपन्थी समर्थित कांग्रेस उम्मेदवार मुनीश तामाङले सिलगढीमा गरे प्रचारप्रसार

Capture7-2.png

सिलगढी: दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रका वामपन्थी कांग्रेस उम्मेदवार मुनीश तामाङले सिलगढीमा विशाल र्‍याली निकालेर प्रचार गरे। यो र्‍याली शनिबार सिलगढीको बाघजातिन पार्कबाट सुरु भएको हो। जुन विभिन्न क्षेत्र हुँदै फुलेश्वरी मोडमा समापन भएको थियो। र्‍यालीमा दार्जिलिङ जिल्ला कांग्रेस अध्यक्ष शंकर मालाकार, वाम नेता अशोक भट्टाचार्य, जीवेश सरकार र अन्य वाम कांग्रेस नेताहरू उपस्थित थिए। साथै र्‍यालीमा ठूलो संख्यामा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

About Author

Advertisement