बेंगलुरु: भारत र न्यूजील्याण्डबीच बुधवारदेखि शुरु पहिलो टेस्ट म्याचमा पहिलो दिनको खेल वर्षाको बलि चड़्यो। आज पहिलो दिन वर्षाले गर्दा टस पनि हुन सकेन। एम चिन्नास्वामी स्टेडियममा आज बिहानदेखि नै वर्षा शुरु भयो। यसैकारण स्टेडियमको पीचलाई कवरले ढाकिएको थियो। बीचमा केही समयको निम्ति पानी रोकिए पनि खेलाड़ीहरू मैदानमा ओर्लिन सकेनन् कारण सामान्य विरामपछि फेरि वर्षा शुरु भयो। लञ्च र टी ब्रेकसम्म टस पनि हुन सकेन। त्यसपछि लगातार वर्षा र मैदानको स्थितिले गर्दा पहिलो दिनको खेल समाप्त घोषित गरियो। न्यूजील्याण्डले केही समयअघि भारतमा यस्तै स्थितिको सामना गर्नु परेको थियो। न्यूजील्याण्ड र अफगानिस्तानबीच ग्रेटर नोएडामा खेलिने एकमात्र टेस्ट म्याच वर्षाले गर्दा एक बल पनि नभइ रद्द गरिएको थियो।










