वर्षाको आशमा गाउँलेहरूले भ्यागुताको बिहे

fb8ff513-4e55-4a59-9bb6-788e49ca8d1d

कुचबिहार: चर्को गर्मीमा पानीको थोपाको लालसामा गाउँलेहरूले भ्यागुताको पौराणिक मान्यताअनुसार विवाह गरेका छन्। यी दिन पूरै उत्तर बंगालमा तापक्रम ४० डिग्री पुगेको छ। यस्तो अवस्थामा वर्षा नहुँदा कृषिमा धेरै नोक्सान भइरहेको छ।यसबाट किसानहरु निकै चिन्तित छन्। यस्तो अवस्थामा तुफानगञ्ज १ ब्लकको आन्ध्रन फुलबारी २ ग्राम पञ्चायतमा वर्षाको आशामा मानिसहरुले विभिन्न अन्धविश्वासको सहारा लिइरहेका छन्। त्यहाँ किसानले वर्षाको आशामा भ्यागुतासँग बिहे गरेका थिए। भ्यागुताको बिहे ब्यान्ड बजाएर धुमधामका साथ आयोजना गरिएको थियो। यो विवाहमा सारा गाउँ खुशीले नाच्यो। यस समारोहमा विवाह मात्र होइन भोजको पनि आयोजना गरिएको थियो। यसरी भ्यागुताको विवाह भएमा इन्द्र भगवान प्रसन्‍न हुने र उनको कृपाले वर्षा हुने गाउँलेको विश्वास छ। यस दिन भएको भ्यागुता विवाहमा सो क्षेत्रका करिब दुई सय गाउँलेको सहभागिता रहेको थियो। राति विवाह संस्कार सकिएपछि कुचबिहार जिल्लामा हल्का वर्षा भयो। यद्यपि मौसम विभागले यसका लागि पहिले नै संकेत गरिसकेको थियो।

About Author

Advertisement