वर्ल्ड मेन्स्टुअल हाइजिन डे पालन

20-09-32-20db5f8a-b921-4dd4-ba63-f93d8ae9896a-1024x576.jpg

राजगञ्ज: आज वर्ल्ड मेन्स्टुअल हाइजिन डे अर्थात् विश्व मासिक धर्म स्वच्छता दिवस पालन गरियो। उक्त कार्यक्रम राजगञ्ज ब्लक प्रशासनको तर्फबाट आयोजना गरिएको थियो। मिशन निर्मल बङ्गला अन्तर्गत आज राजगञ्ज कलेजमा जागरुकता कार्यक्रम तथा ऱ्यालीको माध्यमद्वारा कलेजका विद्यार्थीहरूलाई जागरुकताको सन्देश दिइयो। यस सम्बन्धमा राजगञ्जका संयुक्त खण्ड विकास अधिकारी जयन्त दत्तले भने, आज देशभरिमै वर्ल्ड मेन्स्टुअल हाइजिन डे पालन गरिरहेको छ। यसै क्रममा आज राजगञ्ज कलेज लगायत ब्लकको विभिन्न ठाउँहरूमा मौसमी स्वच्छताको पालन गर्ने सल्लाह एवम् जागरुकता सन्देश दिँदै वर्ल्ड मेन्स्टुअल हाइजिन डे मनाइयो।

About Author

Advertisement