वर्दीमा भिडियो पोस्ट गर्न सिक्किम पुलिसले लगायो रोक

640px-Sikkim_police_logo.svg

गान्तोक: सिक्किम पुलिसले आफ्ना अधिकारी अनि कर्मचारीहरूलाई पुलिसको पोशाकमा भिडीयो बनाएर सामाजिक सन्जालमा पोस्ट गर्न रोक लगाएको। सिक्किम पुलिसका महानिर्देशक (डीजीपी)-ले एउटा सर्कुलर जारी गरी पुलिसको वर्दी वा आधिकारिक उपकरणको प्रयोग गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट नगर्न निर्देश दिएका छन्‌। पुलिसकर्मीहरूको यस प्रकारको गतिविधिले विभागको छविमा नकारात्मक असर परेको भन्दै विभागले यो निर्णय लिएको बताइएको छ। वर्दीमा नाँच्ने, गाउने वा अभिनय गर्ने भिडियोहरूले पुलिसको अनुशासन र व्यावसायिकतालाई कमजोर पार्न सक्छ भन्ने चिन्ताको आधारमा यो कदम चालिएको हो। पुलिसको जिम्मेवारी र अनुशासनलाई उच्च प्राथमिकतामा राख्दै सिक्किम पुलिसले यस निर्देशनलाई कडाइका साथ पालना गर्ने योजना बनाएको छ।

About Author

Advertisement