वरिष्ठ साहित्यकार छिमी अङ्मु लामाको उपन्यास ‘निशा मिलन’ लोकार्पित

IMG-20250914-WA0134

खरसाङ: खरसाङकी वरिष्ठ लेखिका छिमी अङ्मु लामाको उपन्यास ‘निशा मिलन’ आईतबार लोकार्पण गरिएको छ। उक्त उपन्यास साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव खरसाङ सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामा, प्रज्ञा साझा मञ्चका अध्यक्ष रमेश थापा, वरिष्ठ साहित्यकारद्वय ग्याल्पो लामा र ऋषि राई अनि उपन्यासकार छिमी अङ्मु लामाको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त पुस्तक लोकार्पण गरिएको घोषणा वरिष्ठ साहित्यकार आशा मुखिया लामाले गरेकी थिइन्। कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण युवा स्रष्टा एवं ज्ञानकुञ्ज बुक्स खरसाङका निर्देशक सञ्जीव छेत्रीले राखेका थिए। कार्यक्रममा उषाकिरण सत्यदर्शी, मिना लामा राई, रचना अनाकर, पी लक्की शेर्पा, रचिता छेत्री आदिले कविता र गजल वाचन गरेका थिए। कार्यक्रममा लोकार्पित उपन्यास ‘निशा मिलन’ माथि समीक्षात्मक टिप्पणी वरिष्ठ साहित्यकार एंव साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखियाले राखेकी थिइन्। उनले आफ्नो सम्बोधनमा साहित्यकार छिमी अङ्मु लामालाई बधाई दिन्दै आगामी दिनमा पनि यस्तै कृतिहरुको आशा रहेको बताइन्। उनले नारी हस्ताक्षरहरुमा बढोत्तरी आउन पर्ने भन्दै नारीहरुले लेख्न पर्ने नारी विमर्शका कुराहरु साहित्यमा अझ धेरै लेखिनुपर्छ भनी बताएकी छन्। वरिष्ठ साहित्यकार आशा मुखिया लामाले अघि भनिन् -‘हाम्रा नारीहरूले निर्भिक रुपमा समाजका विसंगतिहरुलाई लेख्नुपर्छ। आज पनि विसंगतिहरु परिवारहरुमा नै छ कि भन्ने साहित्यमा पनि लेख्नुपर्छ।’


उनले पुस्तक पढेर प्रतिक्रिया दिने वाचा गरेकी छन्। कार्यक्रममा वरिष्ठ साहित्यकार एंव असीत राई स्मृति साहित्यिक मञ्चका अध्यक्ष ऋषि राईले‌ उपन्यासकार ‘निशा मिलन’ माथि टिप्पणी राख्दै खरसाङका‌ नारी स्रष्टाहरुको‌ उल्लेख गरेका थिए। उनले उपन्यास ‘निशा मिलन’ मा नारी विमर्शसितै समसामायिक विषयहरु उल्लेख गरेका छन्।‌ उनले निशा मिलनले उच्च स्थान हाँसिल गर्ने‌ आशा व्यक्त गर्दै यस कृतिमाथि भविष्यमा लेख्ने पनि बताएका छन्। साहित्यकार ऋषि राईले‌ कार्यक्रम नौलो तरिकाको भएको बताउँदै खरसाङको साहित्यिक पृष्ठभूमिको उल्लेख गरेका छन्। उनले खरसाङको साहित्यिक पृष्ठभूमिमा छिमी अङ्मु लामाको विशिष्ट योगदान रहेको बताउँदै खरसाङको साहित्यिक यात्रा १९०८ मा रतन नारायण प्रधानले। प्रेम लहरी लेखेपछि शुरु भएको जानकारी गराएका छन्।‌ कार्यक्रममा उपन्यासकार छिमी अङ्मु लामाले उपन्यास लेख्ने विषय र लेखनको प्रभाव विषयमा आफ्नोे सम्बोधनमा बताएकी थिइन्। उनले आफुले नारीवाद नै लेख्ने गरेको उल्लेख गर्दै नारीहरु युगौंदेखि शोषित र पीडित भएर आएको बताइन्। उनले सामाजिक बेथिति विरुद्ध संघर्ष गरेर उँभिएका संघर्षशील नारीहरुको चित्रण गर्न मन पराउने पनि बताएकी छन्। उनले निशा मिलन समाजद्वारा वर्जित प्रेमको कथा रहेको जानकारी गराउँदै मूल पात्राले सामाजिक साङ्लो तोडेर गएकी बताइन्। उनले आफुले ४५ वर्ष अघि हेरेको फिल्मबाट प्रभावित बनाएको पनि जानकारी गराइन्।
कार्यक्रममा धन्यवाद ज्ञापन पूर्व संयुक्त निर्देशक एांव उपन्यासकारको पति निमा लामाले राखेका थिए। उपन्यास ‘निशा मिलन’ भन्दा अघि छिमी अङ्मु लामाको कथा संग्रह ‘एक मुक्त मुनाल’ २०१२ मा प्रकाशित छन् भने यसको दोस्रो संस्करण २०२४ मा प्रकाशित छन्। उनको यही ‘एक मुक्त मुनाल’ कथा संग्रहको एक कथा ‘अतितका बालुवामा छोडिएका पदछापहरु’ बाट युवा निर्देशक विवेक राईले ‘शान्ति’ फिल्म बनाएका थिए जसले अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल बनेको थियो। उनी आकाशवाणी खरसाङको पूर्व उदघोषिका थिइन्।

About Author

Advertisement