वरिष्ठ गोरामुमो नेता चुडामणि खड्कालाई अध्यक्ष मन घिसिङद्वारा श्रद्धाञ्जली अर्पण

IMG-20230705-WA0335.jpg

दार्जिलिङ: दार्जीलिङको हरिदास हट्टा निवासी गोरामुमोको वरिष्ठ नेता चुडामणि खड्कालाई श्रद्धाञ्जली अर्पण गर्न गोरामुमो अध्यक्ष मन घिसिङ आज उनको बासस्थान हरिदास हट्टा पुगेका थिए। उनी धेरै अघिदेखि बिरामी अवस्थामा थिए। हैदराबादको निजी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। आज गोरामुमो अध्यक्ष मन घिसिङ केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य केबी गुरुङ, अमर तामाङ लगायत दार्जीलिङ ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग, गोरानासं साथै पार्टीका कार्यकर्ताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए। चुडामणि खड्का १९८६ सालको आन्दोलनको एक वीर योद्धा थिए। गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको नजिकमा रहेर कार्य गरेका थिए। आन्दोलन कालमा जेलको यातना सहदै डटेर लडेका थिए। गोरामुमो पार्टीको एक कर्मठ सदस्य एवं केन्द्रीय समितिको सदस्य साथै संस्थापक अध्यक्ष सुवास घिसिङको समयमा गोर्खा राष्ट्रिय युवा मोर्चाको अध्यक्ष पदमा रहेर कार्य गर्दै पार्टीलाई ठूलो योगदान दिएको आज उनको निधनले पार्टीलाई ठुलो क्षति भएको अध्यक्ष मन घिसिङले जनाएका छन्। आज उनको निधनमा गोरामुमोमा शोकको लहर छाएको छ। उनको योगदानलाई कहिले बिर्सन नसकिने भनी अध्यक्ष मन घिसिङले जनाएका छन्। यसै क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले शोकाकुल परिवारका सदस्यहरु संग पनि भेटघाट गरि संवेदना प्रकट गर्दै यस दु:खद घडीमा पार्टी सदेव साथमा रहेको जनाएका छन्।

About Author

Advertisement