गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले आज आफ्नो आधिकारिक निवासमा टेमी–नामफिङ निर्वाचन क्षेत्रअन्तर्गत लोअर टार्कु निवासी ७० वर्षीय वरिष्ठ नागरिक गोविन्द प्रसाद गौतमसँग भेटघाट गरे।
भेटका क्रममा मुख्यमन्त्री तमाङले गौतमलाई सिक्किम क्रान्तिकारी मोर्चा परिवारका एक वरिष्ठ सदस्यको रूपमा उल्लेख गर्दै उनको प्रारम्भिक त्याग, दूरदृष्टि र अटल समर्पणले आजको राजनीतिक यात्रालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
मुख्यमन्त्रीले गौतमको अमूल्य योगदानप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै उनको दीर्घायु, सुस्वास्थ्य, खुशी र शान्तिपूर्ण जीवनको कामना गरे।








