वन हेल्थ, वन भेट, वन प्लान्ट अन्तर्गत विरूवा रपियो

IMG-20240721-WA0249

गान्तोक: वन हेल्थ, वन भेट, वन प्लान्ट अभियान अन्तर्गत हाल राज्यको सबै जिल्लाहरूमा विभिन्न प्रजातिको विरूवा रोपिने कार्य सम्पन्न भइरहेको छ। यसै क्रममा हिजो पशुपालन एवन पशुधन सेवा विभाग र सिक्किम भेटरेनिरी काउन्सिल अनि सिक्किम स्टेट भेटरेनेरी एसोसिएसनको सहयोगमा गान्तोक जिल्लाको सोकेथाङस्थित विभागको परिसरमा विरूवा रोप्ने कार्य सम्पन्न भयो। विभागका प्रधान निर्देशक डा. शरमन राईको नेतृत्वमा आयोजना गरिएको विरूवा रोपन कार्यक्रममा अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। यस अवसरमा राज्यको छ वाट जिल्लामा एक हजार भन्दा अधिक रूखका विरूवाहरू रोपिएको जानकारी गराइएको छ।

About Author

Advertisement