बाघडुग्रा: वन विभागले माध्यमिक परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म सुरक्षित पुऱ्याउने व्यवस्था गरेको छ। आज बाघडुग्रा सेन्टर फारेस्ट संलग्न इलाकाका परीक्षार्थीहरूलाई वन विभागले वाहनको माध्यमद्वारा परीक्षा केन्द्रसम्म पुऱ्याउने व्यवस्था गर्यो। यसको साथै बाघडुग्रा जंगल संलग्न क्षेत्रमा सुरक्षाको विशेष व्यवस्था गरिएको छ। बाघडुग्रा रेञ्जले परीक्षा अवधि वन क्षेत्रमा साधारण मानिसहरूको प्रवेश बन्द गरिदिएको छ। रेञ्जर समिरन राजले बताए अनुसार यो व्यवस्था माध्यमिक परीक्षा मात्र नभएर उच्च माध्यमकिक परीक्षासम्म जारी रहनेछ। वन विभागको तर्फबाट वाहन परिसेवा पाएकोमा माध्यमिक परीक्षार्थीहरू खुशी छन्।










