वन झाँक्री फल्स विवादः पर्यटन मन्त्रीले स्थानीयहरूलाई नै सञ्चालन गर्न दिने आश्वासन दिएपछि विवाद साम्य

IMG-20220905-WA0190.jpg

गान्तोक: राजधानीदेखि लगभग १२ किलोमिटर टाडामा अवस्थित वन झाँक्री फल्स सञ्चालनबारे आज केही विवाद उत्पन्न भयो। वन झाँक्री फल्स राज्यका पर्यटन स्थलहरू मध्ये प्रमुख एककोरूपमा मानिन्छ। स्थानीय पार्षद कला राईले जानकारी गराए अनुसार पर्यटन विभागले राज्य सरकारलाई अँध्यारोमा राख्दै कुनै एक जनालाई विना टेन्डर सञ्चालनको निम्ति प्रदान गरेको थियो। सरकारले यति धेरै लगानी गरेर निर्माण गरेको यो पर्यटन स्थल स्थानीयहरूलाई नै सञ्चालनको निम्ति दिनु पर्ने उनले पर्यटन विभाग मन्त्री समक्ष माग राखेकी छन्। वर्ष २०१९ देखि बन्द रहेको पर्यटन स्थललाई पून सञ्चालनको निम्ति एसटीडीसी पहल शुरू गरेको थियो। सोही पहल अन्तर्गत यसलाई पून सञ्चालन गर्न विभागले पनि कम्मर कसेको हुनाले एक अवकाशप्राप्त अधिकारीलाई सो स्थल सञ्चालनको निम्ति दिइएको थियो। उक्त व्यक्तिले १ करोड भन्दा भन्दा अधिक खर्च गरिसकेको छ। अब शुरू हुनेबेलामा विवाद उत्पन्न भएपछि उनले गरेको लगानी कसले व्योहर्छ भन्ने प्रश्न अघि आएको छ। उक्त पर्यटनस्थलबाट राज्य सरकारले राजस्व पनि पाउने गर्दछ। तर यसरी विवाद भएपछि पून केही दिनको निम्ति यसलाई बन्द गरिने भएको छ।
यसै क्रममा मन्त्री बीएस पन्तले पार्षद कला राईको प्रश्नको उत्तर दिँदै सबै प्रकारको प्रक्रिया पुरा गरेर उक्त व्यक्तिलाई वन झाँक्री फल्स सञ्चालनको निम्ति दिएको दाबी गरे। विशेष गरेर यो पर्यटन स्थल सञ्चालनको निम्ति तीन जनाले आवेदन गरेको र तीन मध्ये एकजनाको आवेदनलाई मन्त्रीमण्डलले स्वीकार गरेपछि दिएको बताए। यस स्थल लगभग तीन वर्षदेखि बन्द रहेको उक्त स्थलको अहिले सर सफाई साथै अन्य कार्यहरू चलिरहेको पनि सम्वन्धित निकायको भनाइ रहेको छ।
आज पार्षद राईले स्थानीयहरूलाई नै यसको सञ्चालन गर्न दिनु पर्छ भनेपछि मन्त्रीले स्वीकार्दै आवेदन चढाउनु पर्ने सुझाउ दिएका छन्। यसै क्रममा एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाईले सबै कुरा नियम अनुसार भएको तर स्थानीय पार्षद साथै अन्यहरूसँग सम्पर्क नभएको कारण यस प्रकारको विवाद सृजना भएको जानकारी गराउँदै अब यसको निर्णय सरकारले नै पूनः गर्ने अवगत गराए। उनले थप जानकारी गराए अनुसार अब सरकारले कस्तो प्रक्रिया शुरू गर्ने हो त्यबारे भने आफूहरू अनभिज्ञ रहेको जनाए।

About Author

Advertisement