दुबई: पाकिस्तानका प्रमुख पेस बलर शाहीन शाह अफरीदीले आईसीसी पुरुष वनडे बलरहरूका ऱ्याङकिंगमा नम्बर १ स्थान हासिल गरेका छन्। यो स्थान उनले गत वर्ष भारतमा भएको वनडे वर्ल्ड कपको समय पनि हासिल गरेका थिए। यसपाली अष्ट्रेलियाविरुद्ध पाकिस्तानको वनडे सीरीज जीतले उनलाई फेरि शीर्ष स्थानसम्म पुऱ्याउनमा सहायता गऱ्यो। अष्ट्रेलियाविरुद्ध ३ वटा म्याचमा उनले ८ विकेट लिएका थिए। अफरीदीको यस बढ़तले ऱ्याङकिंगको शीर्ष ३-मा पनि फेरबदल भएको छ। दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज तेस्रो अनि अफगानिस्तानका राशिद खान दोस्रो स्थानमा पुगेका छन्। अफरीदीको साथमा पाकिस्तानका पूर्व कप्तान बाबर आजमले पनि वनडे ब्याटरहरुका ऱ्याङकिंङमा शीर्ष स्थान कायम राखेका छन्। यसरी वनडे ऱ्याङकिंगमा ब्याटर र बलरहरू दुवैको सूचीमा पाकिस्तानका खेलाड़ीहरू शीर्षमा रहेका छन्। बाबरले अष्ट्रेलियाविरुद्ध सीरीजमा ८० रन बनाएका थिए। पाकिस्तानका बलरहरूमा अफरीदीको साथमा हारिस रऊफ र नसिम शाहले पनि ऱ्याङकिंगमा प्रगति गरेका छन्। अष्ट्रेलियाविरुद्ध १० विकेट लिएर प्लेयर अव् द सीरीज रहने हारिस रऊफले पनि करियरको सर्वश्रेष्ठ १३औं ऱ्याङकिंग हासिल गरेका छन्। यसरी नसीम १४ स्थान अघि बढ़ेर करियरको सर्वश्रेष्ठ ५५औं स्थानमा पुगेका छन्। यसरी पाकिस्तानका नयाँ कप्तान मोहम्मद रिजवान अष्ट्रेलियाविरुद्ध सीरीजपछि ब्याटरहरूका सूचीमा २३औं स्थानमा पुगेका छन्।
यसबीच बंग्लादेशका कप्तान नजमुल हुसैन शान्तोले ११ स्थानको सुधार गरी संयुक्त रूपले २३औं स्थान हासिल गरेका छन्। अफगानिस्तानका अजमतुल्लाह उमरजईले आफ्नो ऱ्याङकिंगमा सुधार गर्दै ३१औं स्थान हासिल गरेका छन्। यसरी टी२०आई ब्याटरहरूका ऱ्याङकिंगमा ईंग्ल्याण्डका फिल सल्ट र जोस बटलरले वेष्ट इण्डिजविरुद्ध मजबूत प्रदर्शनपछि ब्याटरहरूका सूचीमा क्रमशः दोस्रो र छैटौं स्थान हासिल गरेका छन्। यसरी भारतविरुद्ध जारी सीरीजमा असल प्रदर्शन गर्ने ट्रिस्टन स्टब्सले १२ स्थानको जम्प लगाएर २६औं स्थान हासिल गरेका छन्। टी२० बलरहरूका ऱ्याङकिंगमा पनि फेरबदल देखिएको छ अनि श्रीलंकाका वानिन्दु हसरंगाले ईंग्ल्याण्डका आदिल राशिदपछि दोस्रो स्थान हासिल गरेका छन्। वेष्ट इण्डिजका अकील होसेन र भारतका रवि बिश्नोई क्रमशः तेस्रो र सातौं स्थानमा पुगेका छन्।









