वनझाँक्री फल्स विवादमाथि प्रदेश भाजपाको ठाड़ो विरोध

IMG-20220905-WA0193.jpg

गान्तोक: सिक्किम प्रदेश भाजरा फेरि सरकारप्रति आक्रमक बनेको छ पार्टीले आज एक प्रेस बयान जारी गरेर सिक्किममा टेण्डर र सप्लाईको काममा भइरहेको व्यापक अनियमितता यो आजको मात्र समस्या मात्र नभएर गत तीन सालदेखि नै चलिरहेको र यस किसिमको गतिविधिलाई पार्टीले नियाल्दै आइरहेका जिकिर गरेको छ। पार्टीले समय-समयमा यसबारे आवाज उठाइरहेको उल्लेख गरेको छ। आज गान्तोक नजिक बनझाँक्री फल्समा यसको व्यवस्थापन र पुनर्सञ्चालनको विषयलाई लिएर जुन किसिमको विवाद बाहिर आएको छ, यसले यस्तै अनियमितता र धाँधलीको खुल्ला उजागर गरेको भनाइ प्रदेश भाजपाको छ। यो सिक्किममा नौलो विषय भने होइन, यस्ता किसिमका अनियमितता विगत र वर्तमान दुवै कालमा यथावत रहेको स्पष्ट देखिएको छ भन्दै यस किसिमको व्यवस्थाको भारतीय जनता पार्टी घोर विरोध गर्दछ भनी जनाएको छ। कुनै पनि सरकारी टेण्डर र सप्लाईको कामहरू नियम मुताबिक सही र पारदर्शी ढंगमा गरिनुपर्ने हो, तर विभागले सबै नियमहरूलाई ताकमा राखेर मनमानीपूर्ण ढंगमा आवण्टनहरू गरेकै परिणाम हो आजको बनझाँक्री फल्स काण्ड, जहाँ सत्तापक्षकै एक नारीशक्तिले जनताको आवाज बनेर खुल्ला रूपमा मैदानमा उत्रिन बाध्य बनिन्, भाजपाले प्रेस बयानमा जनाएको छ। व्यवस्था परिवर्तनको चर्को नारा लिएर सत्तामा आएको वर्तमान सरकारको कार्य प्रणालीमा भने खासै परिवर्तन नआएको आजको घटनाले स्पष्ट गर्दछ भन्ने भनाइ पार्टीको छ। यसै गरी नाम्ची जिल्ला अन्तर्गत याङगाङ निर्वाचन क्षेत्रमा पर्ने मेङ्लीमा पनि एसकेएम पार्टीका बेरोजगार युवाहरूले पर्यटन विभाग अन्तर्गत भएको टेण्डर प्रणालीमाथि घोर असन्तुष्टि जाहेर गरेका छन्। यसमा पनि टेण्डर सम्बन्धी नियमहरूलाई ताकमा राखेर स्थानीय जनता र बेरोजगार युवाहरूको पेटमा लात हान्ने काम भएको कुरा उजागर भएको भजपाले जनाएको छ। नियम अनुसार टेण्डर नोटिस बीएसी वा जीपीयूको नोटिस बोर्डमा लगाइनुपर्ने हो, तर यसो नगरीकन टेण्डर आवण्टन गरिएको कुरा स्थानीय असन्तुष्ट युवाहरूले बताएका छन्। भारतीय जनता पार्टी, सिक्किमले सम्बन्धित विभागहरू यस प्रकारको अनियमितता र मनमानीपूर्ण क्रियाकलापको कड़ा शब्दमा विरोध जनाउँदै ठेका पट्टा प्रणालीलाई सरलीकृत तथा पारदर्शी रूपमा लागू गर्ने माग गर्दछ भनी जारी प्रेस बयानमा उल्लख गरेको छ।

About Author

Advertisement