लोवर मानेडाँडा झोलुङ्गे वार्डमा सडक साथै पर्खाल लगाउने कार्य सम्पन्न

गान्तोक: नामथाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत लोवर मानेडाँडा झोलुङ्गे वार्डमा सडक साथै पर्खाल लगाउने कार्य आज पुरा भयो। मन्त्री सञ्जीत खरेलको निर्देश बमोजिम उक्त कार्य भएको हो। उल्लेखनीय छ, गत केही दिन अघि उक्त स्थानमा कम्पनीको बस दुर्घटना भएको थियो। विशेष गरेर सो स्थानमा पैह्रौ जाँदा बसलाई क्षति पुऱ्याएको थियो। यस कुरालाई गम्भीरतापूर्वक लिँदै मन्त्रीले यातायात व्यवस्थालाई सुचारूपमा सञ्चालन गर्नको निम्ति यस प्रकारको पहल शुरू गरेका हुन्। यस कार्यको निम्ति कम्पनी साथै सरकारक तर्फबाट पनि पहल शुरू गरिएको हो।

About Author

Advertisement