लोवर इच्छेमा बालिकाहरू माझ भलिबल खेल प्रतियोगिता सम्पन्न

Volleyball

लोवर इच्छे:सूर्य फाउण्डेसनको तत्वावधानमा आयोजित १८ वर्षसम्मका बालिकाहरुको भलिबल प्रतियोगिता सम्पन्न भएको छ। लोवर इच्छे जेएन नर्सरीमा सम्पन्न यस भलिबल प्रतियोगितामा धेरै बालिकाहरुको समूहले सहर्षतासाथ भाग लिएका थिए। भारतीय युथ क्लब सुर्याबाट शिक्षक मनोज दाहाल अनि, प्रणय पौडेलको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न जानकारी प्राप्त भएको छ। यस कार्यक्रममा मुख्य अतिथीको आसनमा संजय लिम्बु विराजमान थिए भने समापण कार्यक्रममा नन्दलाल निरौला, सन्तोष दाहाल,  टिकाराम पौडेल, कमल गौतम लगायत गणमान्य व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। यसै गाँउका ४० जनाभन्दा  धेर युवा युवतीहरूले यस कार्यक्रममा सहभागिता जनाएको थियो। यस प्रतियोगितामा भाग लिने बालिका खेलाडीहरुलाई खदा, मेडल, अनि प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो।

About Author

Advertisement