लोरुङधुरा अनि गोदामधुरामा ‘हर घर जल जीवन योजना’

IMG-20230331-WA0002.jpg

बिजनबारी: मारेबुङ चुङथुङ समष्टि अन्तर्गत पर्ने तुमसोङ चियाबारीका गाउँहरू लोरुङधुरा अनि गोदामधुरामा भइरहेको हर घर जल जीवन योजनाकाे काम विषयमा जानकारी लिन जीटीएका जन सम्पर्क अधिकारी एस पी शर्मा मीडिया टोलीसित पुगे भनें स्थानीय मानिसहरुसंग कामको गुणवत्ता विषयमा जानकारी लिए। सर्वेकाे क्रममा उक्त योजनाकाे लगभग ८०% कार्य सम्पन्न भएको साथै स्थानीय बासीहरु सो कार्यप्रति सन्तुष्ट रहेको उनले जानकारी दिएका छन्। उल्लेखनीय छ, उक्त कार्य अशोक मार्दा कम्पनी मार्फत इसान छेत्रीकाे अधीनमा भइरहेको छ। सम्पूर्ण कामको निरीक्षण पश्चात उक्त कार्य देखरेख गरिरहेका ललित सुब्बा अनि इसान छेत्रीले मीडियालाई कार्य प्रगतिबारे जानकारी गराए साथै उक्त कामको निरीक्षण पश्चात जीटीए जनसम्पर्क अधिकारी एस पी शर्माले आफ्नो प्रतिक्रिया ब्यक्त गरेका छन।

About Author

Advertisement