लोक भवन सिक्किम परिवारद्वारा राज्यपाल ओम प्रकाश माथुरलाई जन्मदिनको शुभकामना

IMG-20240717-WA0003

गान्ताेक: लोक भवन, सिक्किम परिवारले सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेको छ। लोक भवनद्वारा आज जारी शुभकामना सन्देशमा राज्यपाल माथुरको उत्तम स्वास्थ्य, दीर्घायु तथा निरन्तर यश–कीर्तिको कामना गरिएको छ।
सन्देशमा राज्यपालको प्रेरणादायी मार्गदर्शनमा सिक्किम राज्य विकास र प्रगतिका पथमा निरन्तर अघि बढिरहेको उल्लेख गरिएको छ। लोक भवनले राज्यपालको कुशल नेतृत्वमा राज्यले समृद्धिका नयाँ उपलब्धि हासिल गर्दै अझ उन्नत र समृद्ध बनोस् भन्ने मंगलकामना पनि व्यक्त गरेको छ।

About Author

Advertisement