लोक नृत्य निर्देशक एंव लोक गायक प्रेम वाइबाको निधन

IMG-20260122-WA0097

खरसाङ: खरसाङको अम्बटे चियाबारी निवासी साथै लोक नृत्य निर्देशक एंव लोक गायक प्रेम वाईबाको निधन भएको छ। उनको निधन बुधबार बिहान खरसाङको अम्बटे चियाबारीस्थित घरमा ९३ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म १ जनवरी १९३३ सालमा भएको छ। उनी लोक नृत्य निर्देशक एंव लोक नृत्यको ज्ञाता थिए।‌ उनी लोकप्रिय गायिका हिरादेवी वाईबा लगायत लोक गायकहरु क्रमैले सुदिप वाईबा, चन्द्रदीप वाईबा, भुषण वाईबाको काका हुन्। लोक नृत्य निर्देशक एंव लोक गायक प्रेम वाइबाको बिहीबार अन्तिम संस्कार पनि गरिएको छ। उनको परिवार नै गीत संगीतमा आबध्द रहेका थिए भने परिवार नै लोक गीत र लोक नृत्यमा आबध्द रहेर कार्य गरिरहेका थिए। प्रेम वाइबाले आफ्नो समयमा विभिन्न संघ संस्थाहरुमा संलग्न रहेर समाजका लागि कार्य गरेका थिए। उनलाई दागोपापको समयमा दार्जिलिङ, कालेबुङ, खरसाङ र मिरिकका सूचना अनि संस्कृति विभागमा लोक नृत्य सिकाउन साथै लोक नृत्य सम्बर्ध्दन र संरक्षण साथै प्रचार प्रसारको लागि लोक नृत्य निर्देशकको रुपमा 2002 मा नियुक्त गरिएको थियो। उनी आफ्नो समयमा कुशल लोक नृत्य निर्देशक एंव लोक नृत्यकार रहेका थिए‌। उनले विभिन्न सम्मानहरु पनि प्राप्त गरेका थिए। उनको निधनले भारतीय नेपाली समाज साथै लोक नृत्य क्षेत्रमा ठूलो क्षति पुगेको छ।

About Author

Advertisement