लोक कलाकारहरूलाई लिएर सोनादामा तीन दिवसीय कर्मशाला शुरू

IMG-20240827-WA0215

सोनादा: सोनादामा सूचना अनि सांस्कृतिक विभाग दार्जिलिङ र लोक अनि जनजाति सांस्कृतिक केन्द्र कोलकोताको संयुक्त आयोजनामा तीन दिवसीय जिल्ला स्तरीय लोक कलाकार कर्मशाला शुरु भएको छ। सोनादाको शेर्पा गुम्बामा आयोजित उक्त कर्मशाला आगामी २९ अगस्तसम्म चल्नेछ। वार्षिक रूपमा आयोजित गरिने यो कर्मशालामा दार्जिलिङ पहाड़को लोक कलाकारहरूलाई लिएर आयोजना गरिन्छ भने लोक कलाकारहरूलाई सम्बर्ध्दन गर्नलाई आयोजना गरिन्छ। गत वर्ष यस लोक संगीत र संस्कृति कर्मशालामा तामाङ लोक संस्कृति, मारूनी नृत्य, लेप्चा अनि अन्य लोक संस्कृतिहरूलाई प्राथमिकता दिइएको थियो। सोनादामा शुरु भएको तीन दिवसीय लोक कलाकारहरूको लागि कर्मशालामा (स्याब्रो नृत्य) शेर्पा नृत्य विषयमा कार्मशाला आयोजित भएको छ।

आजको पहिलो दिनको कार्यक्रममा मुख्य अतिथिको रूपमा दार्जीलिङ महकुमा शासक रिचार्ड लेप्चा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा, सोनादा पुलिस आउट पोष्टको ओसी अमीत रोय, एसआई सेमूएल, अप्पर सोनादा ग्राम पञ्चायत प्रधान दावा तामाङ, लोवर सोनादा ग्राम पञ्चायत प्रधान बैजयन्ती तामाङ, स्थानीय समाजको सभापति लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा शेर्पा कलाकारहरूले शेर्पा लोक संस्कृति, नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग दार्जिलिङको डीआईसीयो खाङ्डोमा भोटियाद्वारा स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित दार्जिलिङका महकुमा शासकले सरकार पहाड़को हरेक जातिको लोक संस्कृति र लोक संगीतको संरक्षण र उन्नति गराउन तयार रहेको बताएका छन्।

उनले पहाड़को सबै जातिलाई आफ्नो लोक संस्कृति र लोक संगीतको उन्नति र सम्बर्ध्दनक लागि अघि आउने आह्वान् गरेका छन्। उनले यदि लोक कलाकारहरू र मानिसहरू अघि आए सरकार सहयोग गर्न तयार रहेको पनि बताएका छन्।

About Author

Advertisement