लोकप्रिय गायिका जेनिफर लोपेज कमला ह्यारिसको र्‍यालीमा सामेल

00-1-Jenifer-Lopez-Kamala-Harris

अमेरिकाको राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसको र्‍यालीमा प्रसिद्ध अमेरिकी गायिका जेनिफर लोपेज पनि सहभागी भएकी छन्। कमला ह्यारिसको स्टेजमा जेनिफर लोपेज उपस्थित थिइन्। र्‍यालीलाई सम्बोधन गर्दै आफूले अहिलेसम्म भाग लिएको यो सबैभन्दा महत्त्वपूर्ण फोरम भएको बताएकी छन्। जेनिफर लोपेजले भनिन्, ‘म महिलाको शक्तिमा विश्वास गर्छु। यस चुनावमा परिवर्तन ल्याउने शक्ति महिलामा छ।‘ त्यस्तै र्‍यालीलाई सम्बोधन गर्दै कमला ह्यारिशले भनिन्, ‘अमेरिका डोनाल्ड ट्रम्पले सिर्जना गरेको विभाजनबाट थकित भएको छ। हामी कठिन संघर्षबाट डराउँदैनौं र जित्नेछौं।‘ ह्यारिसले आफूले हरेक दिन अमेरिकी अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताउँदै न्यूनतम पारिश्रमिक बढाउनेछन् र काम गर्ने मानिसहरूका लागि लड्ने बताएकी छन्। पछिल्ला सर्वेक्षणहरुमा ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिष्पर्धा देखिएको छ। नोभेम्बर ५ मा हुने निर्वाचन अघि ६० मिलियन भन्दा बढी मतदाताले पोष्टल मार्फत र प्रि-मतदानमार्फत मत दिइसकेका छन्।

About Author

Advertisement