लोकनाथ मन्दिरमा चोरीको घटना

fde75501-9ea4-477e-ab53-972b72c21341-1024x576.jpg

सिलगढी: बैकुण्ठपुर बडा फापरीस्थित लोकनाथ मन्दिरमा चोरी भएको छ। गत अबेर राति केही दुष्कृतिहरूले मन्दिरको सीसीटीभी कनेक्सन काटेर मन्दिरको ताला भत्काएर मन्दिरको दानपात्र लिएर चम्पट कसेको बताइएको छ। यसभन्दा अघि पनि यस मन्दिरमा तीनपल्ट चोरी भइसकेको छ। आरोपीलाई चाँडै पक्राउ गरिनुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement