लैङ्गिक मामिलाबारे एकदिने कानुनी सचेतन कार्यक्रम सम्पन्न

IMG_20221021_235851.jpg

मंगन: कानून एवं न्याय मन्त्रालयको न्याय विभागको सहकार्यमा सिक्किम राज्य महिला आयोगद्वारा उत्तर सिक्किमको काबीमा लैङ्गिक मुद्दा सम्बन्धी एकदिने कानुनी सचेतन कार्यक्रम आयोजना गरियो। एकदिने कार्यक्रममा काबीका २१ वटा विभिन्न स्वयं सहायता समूहका सदस्यहरू लाभार्थीको रूपमा सहभागी थिए। कार्यक्रममा सिक्किम राज्य कानुनी सेवा प्राधिकरणका प्यानल एडभोकेट सुश्री ज्योति प्रधान, एसटीएनएम अस्पतालका मनोचिकित्सक सञ्जिला दोर्जी अनि वरिष्ठ पत्रकार निर्मल मंगन शोधवक्ताको रूपमा रहेका थिए। सिक्किम राज्य महिला आयोगकी अध्यक्ष श्रीमती छुङकिपु लेप्चाले कार्यक्रमलाई सम्बोधन गर्दै विपदमा रहेका महिलाहरूलाई कसरी महिला आयोगले सेवा प्रदान गर्दछ भन्नेबारे जानकारी गराइन्। यस प्रकारको कानुनी सचेतना कार्यक्रमहरूले सचेत समाज निर्माण हुने बताइन्। शोधवक्ताहरूले घरेलु हिंसा, पोक्सो ऐन, बाल अनि महिलामाथि हुने हिंसक घटनाहरूलाई अघि ल्याउन मीडियाको भूमिकाबारे आ-आफ्नो अनुभव साझा गरे।

About Author

Advertisement