वाशिंगटन :हाल भएको सहमति अनुसार दुवै पक्षले थप ६० दिनका लागि युद्धविराम कायम राख्ने छन्। त्यसबीचमा सम्झौताका बाँकी विषयहरू टुङ्गो लगाइने छ।
अमेरिका र इरानबीच सहमति भएपछि पनि लेबननमा इजरेली सेना र इरान समर्थित हिज्बुल्लाहबीच अझै द्वन्द्व जारी छ।
यसअघि दुई पक्षबीच सहमति भएको घोषणा गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले “तत्कालबाट लागु हुने गरी लेबनन सहितका सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने” बताएका थिए। अमेरिका र इरानबीचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ।
अमेरिकी पनि युद्धविरामको प्रारूपमा लेबनन पनि समेटिएको बताएका छन्। तर लेबननको भूभागबाट इजरेली सेना फिर्ता लैजाने सर्त त्यसमा नसमेटिएको उनीहरूको भनाइ छ। इजरेलसँग आत्मरक्षाको अधिकार रहेको अमेरिकी अधिकारीहरू बताउँछन्।
लेबननबाट इजरेली सेना हट्छ?
हाल भएको सहमति अनुसार दुवै पक्षले थप ६० दिनका लागि युद्धविराम कायम राख्ने छन्। त्यसबीचमा सम्झौताका बाँकी विषयहरू टुङ्गो लगाइने छ।
अमेरिका र इरानबीच सहमति भएपछि पनि लेबननमा इजरेली सेना र इरान समर्थित हिज्बुल्लाहबीच अझै द्वन्द्व जारी छ।यसअघि दुई पक्षबीच सहमति भएको घोषणा गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले “तत्कालबाट लागु हुने गरी लेबनन सहितका सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने” बताएका थिए। अमेरिका र इरानबीचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ।अमेरिकी अधिकारीहरूले पनि युद्धविरामको प्रारूपमा लेबनन पनि समेटिएको बताएका छन्। तर लेबननको भूभागबाट इजरेली सेना फिर्ता लैजाने सर्त त्यसमा नसमेटिएको उनीहरूको भनाइ छ। इजरेलसँग आत्मरक्षाको अधिकार रहेको अमेरिकी अधिकारीहरू बताउँछन्।
सोमवार साँझ इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि इजरेली सेनाहरू आवश्यकता भएसम्म लेबनन, सिरिया र गाजाका प्रमुख सुरक्षा इलाकामा रहने बताएका थिए।
अमेरिकी राष्ट्रपतिले आइतवार इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी अन्त्य गर्न निर्देशन दिइएको र सम्झौतामा हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग पनि खुल्ने बताएका थिए। सामाजिक सञ्जालमा सोमवार उनले तेल भरिएका जहाजहरू होर्मुजतर्फ अघि बढ्न सुरु गरेको उल्लेख गरे।
इरानका उपविदेशमन्त्री काजेम गार्रिबआबादीले इरानी सरकारी टेलिभिजनसँगको टेलिफोन अन्तर्वार्तामा १४-१५ घण्टा लामो छलफलपछि सम्झौताको प्रारूप टुङ्गो लागेको बताएका थिए। उनले त्यसलाई इरानको जित भनेका छन्।
‘ट्रम्पलाई युद्ध समाप्त गर्नुपर्ने आवश्यकता छ तर इरान पछाडि हटिरहेको छैन’
सोमवार साँझ इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि इजरेली सेनाहरू आवश्यकता भएसम्म लेबनन, सिरिया र गाजाका प्रमुख सुरक्षा इलाकामा रहने बताएका थिए।
अमेरिकी राष्ट्रपतिले आइतवार इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी अन्त्य गर्न निर्देशन दिइएको र सम्झौतामा हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग पनि खुल्ने बताएका थिए। सामाजिक सञ्जालमा उनले तेल भरिएका जहाजहरू होर्मुजतर्फ अघि बढ्न सुरु गरेको उल्लेख गरे।
इरानका उपविदेशमन्त्री काजेम गार्रिबआबादीले इरानी सरकारी टेलिभिजनसँगको टेलिफोन अन्तर्वार्तामा १४-१५ घण्टा लामो छलफलपछि सम्झौताको प्रारूप टुङ्गो लागेको बताएका थिए। उनले त्यसलाई इरानको जित भनेका छन्।










