पहाडमा प्रतिभाशाली युवाहरूको कमी छैन तर प्रोत्साहनको खाँचो छ: अजय
दार्जीलिङ: युवा भाइ बहिनीहरूलाई खेलकुद आदि जस्ता क्षेत्रहरूमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले प्रोत्साहन दिने काम गर्दै आई रहेको छ। यसैक्रममा सुकियाँ मानेभन्ज्याङ समष्टि अन्तर्गत लेप्चा गाउँमा आयोजित फुटबल टुनामैन्टमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सहयोग पूराएका छन। लेप्चा गाउँका युवाहरूलाई खेलकुद आदि जस्ता विषयहरूमा रूची बडाउँन स्थानीय खेल मैदानमा फुटबल टुनामैन्टको आयोजना गरेको छ। स्थानीय युवाहरूको कार्यलाई प्रशंसा गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले फुटबल टुनामैन्टमा चाहिने सर समाग्रीहरू हाम्रो पार्टीको क्षेत्रिया कार्यकर्ता दीपेन राई को मार्फ़त पठाई दिएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सधै भन्ने गर्छन हाम्रो पहाडमा प्रतिभाशाली युवाहरूको कुनै कमी छैन। उनीहरूलाई प्रोत्साहनको खाँचो छ। हाम्रो यी युवा भाइ बहिनीहरूलाई राम्रो प्रोत्साहन र सहयोग पूराउँन सक्यौ भने हाम्रो पहाड बाट धेरै राष्ट्रीय खेलाडीहरू निस्कन सक्छ।स्थानीय युवाबर्गहरूले फुटबल टुनामैन्टको सर समाग्री पाएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसप्रति आभार जनाउँदै, वाहाँलाई फुटबल टुनामैन्टको अन्तिम खेलमा उपस्थित भई दिने आमंत्रित जनाएका छन। स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पहाडको ग्रामिण क्षेत्रहरूमा जहाँ आजसम्म बाटो पूग्न सकेको छैन ती क्षेत्रहरूमा बाटोको खनन कार्यहरू, विमारीहरूको उपचारको निम्ति आर्थिक सहयोग, समय समयमा मेडिकल क्याम्प, गरीव विधार्थी हरूलाई शिक्षा अर्जनको निम्ति आर्थिक सहयोग आदि जस्ता धेरै कार्यहरू गर्दै आई रहेका छन्।









