लेटाङ-१ लोखरामा आगलागी: ७ लाखको क्षति

IMG-20241016-WA0259

मोरंग (लेटाङ): मोरङको लेटाङ नगरपालिका १ लोखरामा रहेको दमन्ता निरौलाको घरमा आज विहान करिब ११ बजे आगलागी भएको छ।
आगलागीबाट घरसहित घरमा रहेका मकै, धान लगायतका खाध्यन्न, अन्नपात, पराल, साथै घरका काठपात पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीको कारण विद्युत सर्ट भएको अनुमान गरिएको छ भने ग्यास सिलिन्डर लिक भएकाले आगो फैलिन सहज भएको हुनसक्ने आशंका गरिएको छ।

About Author

Advertisement