लेगसेपमा रिभरफ्रण्ट डेभलपमेन्ट एण्ड हेरिटेज साइटको निर्माण शुरू

legship_107

गेजिङः लेगसेपमा पर्यटन पूर्वाधार रिभरफ्रण्ट डेभलपमेन्ट एण्ड हेरिटेज साइटको निर्माण कार्य आज भूमि पूजनपछि गरिएको छ। गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री लोकनाथ शर्मा भूमि पूजनमा सहभागी बनेका थिए।

मन्त्री शर्माले यो पर्यटन पूर्वाधारको पछाडि सरकारको दृष्टिकोणमाथि प्रकाश पारेका थिए। मन्त्रीसॅंग सिक्किम मिल्क यूनियनका चेयरमेन यम कुमार मिश्रा, एनएचपीसी- रंगीतका चेयरमेन राम कुमार छेत्री तथा अन्यहरू उपस्थित थिए।

स्मरण रहोस, यस परियोजनाको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङले केही महिनाअघि शिलान्यास गरेका थिए।

-हिस

About Author

Advertisement