लुविस अग्रेजी स्कूलका विध्यार्थीहरू राष्ट्रिय स्तरतकाे भलिबल प्रतियोगितामा भाग लिएर फर्किए

IMG-20221103-WA0291.jpg

मिरिक: मिरिकका छाेरीहरू अनि मिरिक लुविस अग्रेजी स्कूलका विध्यार्थीहरू सीआइसीइ नेसनल गल्स भलिबल टुनामेन्ट अण्डर १७ मा पश्चिम बंगाल राज्य अनि नर्थ इष्ट रिजनलाई प्रतिनिधित्व गर्दै तामिलनाडु राज्यमा गत २८ अनि २९ अक्टाेबरमा भएकाे राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामा राम्राे प्रदर्शन गरेर फर्कीएका छन्।खेलाडीहरूलाई बिहीबार स्कुलका शिक्षक शिक्षिका अभिभावक अनि विध्यार्थीहरूले भब्य स्वागत जनाँउदै शुभकामना ब्याक्त गरे। मिरिक लुविस स्कूलका उक्त भलिबल टाेलीले गत २८ अनि २९ अक्टाेबरमा सेन्टजुड स्कूलकाे आयाेजनामा तामिलनाडुकाे काेटागिरीमा भएकाे राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामामा आफ्नाे उत्कृष्ट खेल प्रदर्शन गर्दै पन्जाब, उत्तराखण्ड अनि उत्तर प्रदेशलाई पराजीत गरेकाे थियाे भने केरला अनि कर्नटकासित परजीत भएकाे थियाे।

बिहीबार लुविस अग्रेजी स्कुलका शिक्षक शिक्षिकहरू, प्राचार्य लियाेनार्ड सुब्बाले पनि भलिबल दलका काेच आनन्द जाेहाेन, शिवकुमार घिमिरे अनि दल प्रबन्धक विनिता सुब्बालाई पनि बधाई अनि शुभकामना अर्पण गरियाे। स्कूलका बरिष्ट शिक्षक शिवकुमार घिमिरेले उक्त भलिबल दलले राष्ट्रिय स्तरमा जान अघि दार्जिलिङ जिल्ला,कालेबुङ जिल्ला अनि नर्थ इष्ट जाेनलमा खेलेर उत्तर बंगाल टपर भएर राष्ट्रिय खेलकाेलागि पश्चिम बंगाल राज्यलाई नै प्रतिनिधित्व गर्दै सीआईएससीई अन्तर्गतका स्कूलहरू माझ खेलिने राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेकाे बताए।

About Author

Advertisement