लुटपाटको योजना बनाउनुअघि चार जना पक्राउ, हतियार बरामद

photocollage_20241225142540390-copy

सिलगढी: मतिगढा पुलिस स्टेशनले लुटपाटको योजना बनाउने चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सञ्जीव दास (२१), मोहम्मद बाप्पा (२२), उत्तम साहनी (२८) र परी दास (३६) रहेका छन्। पुलिस स्रोतका अनुसार मतिगढा पुलिस चौकीअन्तर्गत हिमुल नजिकैको सुनसान ठाउँमा राति धेरै शंकाजनक स्थितिमा जम्मा भएका थिए। उनीहरुले लुटपाट गर्ने योजना बनाएको आरोप छ। यसबारे सूचना पाएपछि मतिगढा पुलिसले छापा मारेर चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुबाट हतियारहरूसमेत बरामद भएको छ। पक्राउ परेका चारै जनालाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement