लुङचोकमा ग्रामीण खेलकुद कार्यक्रम सम्पन्न

Untitled-1-copy-126

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत लुङचोक निम्न माध्यामिक स्कूलको खेल मैदानमा आज ग्रामीण खेलकुद कार्यक्रम सम्पन्न भयो। लुङचोक-कमरे जिल्ला पञ्चायत प्रादेशिक समष्टिका जिल्ला पञ्चायत सदस्य देवराज राईले जिल्ला पञ्चायत कोषबाट आयोजना गरेको यस कार्यक्रममा स्थानीय पञ्चायत सदस्य आरपी गुरूङ मुख्य अतिथि रहेका थिए।कार्यक्रममा सम्बोधन गर्दै गुरूङले यस प्रकारको कार्यक्रम गरेकोमा प्रशंसा गर्दै जिल्ला पञ्चायत सदस्य देवराज राईलाई धन्यवाद दिए। उनले विद्यार्थीहरू समक्ष उत्प्रेणात्मक कुराहरू पनि राखे।

जिल्ला पञ्चायत सदस्य देवराज राईले कार्यक्रम गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना जगाउन रहेको बताए। आउने दिनमा विद्यार्थीहरूलाई जङ्गल सफारी गराउने योजना बनाएको उनले बताए।मुङराङ प्राथामिक स्कूलका प्रधान अध्यापक एसके गुरूङले पनि सम्बोधन गरेका थिए। यस खेलकुद कार्यक्रममा १०० मिटर रेस, क्क फाइटिङ, स्याक रेस, बुक ब्यालेन्स रेस, पासिङ द बल आदि खेलाइएको थियो।यी प्रतिस्पर्धाहरूमा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई आकर्षक पुरस्कार पनि प्रदान गरिएको थियो। कार्यक्रममा पूर्व जिल्ला पञ्चायत सदस्य जमुना राई, स्थानीय पञ्चायतगण, गाउँलेहरू आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement