लिण्डा नोस्कोवालाई पराजित गरी सबालेंका इण्डियन वेल्सको फाइनलमा

IMG-20260314-WA0027

इण्डियन वेल्स: एरिना सबालेंकाले बीएनपी पारिबास ओपन (इण्डियन वेल्स मास्टर्स) टेनिस टुर्नामेण्टको फाइनलमा प्रवेश गरिन्। सबालेंकाले लिण्डा नोस्कोवालाई सीधा सेटमा ६-३, ६-४-ले पराजित गरी तेस्रोपल्ट टुर्नामेण्टको फाइनलमा प्रवेश गरिन्। बेलारुसकी सबालेंकाले पहिलोपल्ट इण्डियन वेल्समा सेमिफाइनल खेलिरहेकी २१ वर्षीय चेक रिपब्लिककी खेलाड़ी नोस्कोवाविरुद्ध शुरुदेखि नै म्याचमा नियन्त्रण हासिल गरिन्। सबालेंकाले डबल ब्रेकमा ५-१-को बढ़त हासिल गरेपछि झटपट पहिलो सेट जितिन्। त्यसपछि दोस्रो सेटमा नोस्कोवाले खेलमा सुधार ल्याए पनि विश्वकी नम्बर १ खेलाड़ी सबालेंकालाई दोस्रो सेटसहित म्याच जित्न समस्या भएन। बेलारुसकी खेलाड़ीले ओपन कोर्टमा फोरह्याण्ड विनर लगाएर १ घण्टा २८ मिनटमा म्याच जितिन्। सबालेंकाले म्याचपछि भनिन्, जितेर असल अनुभव भइरहेको छ तर मैले आफ्नो गत केही फाइनल यहीँ हारेकी छु। म अब आइतवारको निम्ति पक्का तयारी गर्न चाहन्छु। म आफ्नो सर्वश्रेष्ठ टेनिस खेल्न अनि सालको शुरुवात असल तरिकाले गर्न चाहन्छु। उल्लेखनीय छ, सबालेंका २ पल्ट इण्डियन वेल्सको फाइनलमा हारिसकेकी छन्। आइतवार उनको भिड़न्त कजाखस्तानकी एलेना रायबाकिनासँग हुनेछ। नोस्कोवाविरुद्ध सबालेंकाको सेमिफाइनलमा जीत इण्डियन वेल्समा उनकी करियरको २०औं जीत हो। साल १९८९-मा टुर्नामेण्ट शुरु भएपछि लगातार ३ पल्ट फाइनलमा पुग्ने सबालेंका विश्वकी पहिलो नम्बर १ खेलाड़ी हुन्।

About Author

Advertisement