लिङ्से पञ्चायत समिति निर्दलीय उम्मेदवार पुष्पा सुब्बा भागोप्रमोमा सामेल

IMG-20230719-WA0347.jpg

कालेबुङ: लिङ्से पञ्चायत समिति निर्दलीय उम्मेदवार पुष्पा सुब्बा भागोप्रमोमा सामेल भएका छन्।
लिङ्से ग्राम पञ्चायतको पञ्चायत समितिको सदस्या पुष्पा सुब्बालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले खदार्पणसहित पार्टीमा स्वागत जनाएका छन्। लिङ्से पेदोङ पञ्चायत समिति अन्तर्गत पर्दछ।
यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै लिङ्से पञ्चायत समिति 5 को स्वतन्त्र विजेता पुष्पा सुब्बाले आज आफु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा फर्केर आएको छु भनी घोषणा गरेकी छन्। उनले आफु पहिला पनि भागोप्रमोमा नै रहेको र आज पनि यही नै छु भनी बताएकी छन्।

About Author

Advertisement