लिङ्केमा आर्चेरी प्रतियोगिताको समापन

IMG-20250130-WA0292

गान्तोक: पाकिम जिल्लाअन्तर्गत नाथाङ माछोङ समष्टिको लिङकेमा स्थानीय युवाहरुद्वारा आयोजित अन्तर जीपीयु आर्चरी प्रतियोगिताको समापन भयो। समापन कार्यक्रममा कृषि एवम वागवाणी विभागका मन्त्री पुरण कुमार गुरुङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने नाथाङ माछोङ समष्टिकी विधायक पामिन लेप्चा विशिष्ट अतिथिको रुपमा उपस्थित रहेकी थिइन्। यस अवसरमा विभिन्न रंगारंग सांस्कृतिक नृत्यहरुको प्रस्तुतिहरु पनि प्रदर्शन गरिएको थियो। आजको फाइनल खेल भोटिया ब्रदर्स साङ्गसे बनाम ड्रुक सेवेनमाझ भीडन्त भएको थियो,जसमा ड्रक सेवेनले विजय प्राप्त गरेको थियो।

आयोजक समितिले आजका मुख्य अतिथि अनि विशिष्ट अतिथिलाई मायाको चिन्ह प्रदान गरी अभिनन्दित गरेको थियो। अन्तमा विजेता एवं उप विजेता टोलीलाई ट्रफी सहित नगद पुरस्कार मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो।

About Author

Advertisement