लिक्विड मेडिकल अक्सिजन प्लान्टको उद्घाटन

21-08-21-Capture7-1.png

कुचबिहार। आज लिक्विड मेडिकल अक्सिजन प्लान्टको उद्घाटन गरियो। उक्त अक्सिजन कुचबिहार एमजेएन मेडिकल कलेज तथा अस्पतालमा गरिएको छ। यस प्लान्टमा १३ हजार लिटर अक्सिजन जम्मा गरिने भएको छ। कुचबिहारको जिल्लाशासन पवन कादियान, रोगी कल्याण समितिका चेयरम्यान पार्थप्रतिम राय, नगरपालिकाका चेयरम्यान रवीन्द्रनाथ घोष, अस्पतालका एमएसभीपी डा. राजीव प्रसाद लगायत अन्य अधिकारीहरूको उपस्थितिमा आज उक्त अक्सिजन प्लान्टको उद्घाटन गरियो। स्मरण रहोस्, कोरोना परिस्थितिमा विभिन्न ठाउँहरूमा अक्सिजनको संकट देखापरेको थियो। कुचबिहारमा आगामी दिनमा अक्सिजनको कमी हुनेछैन। यसैलाई ध्यानमा राखेर अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो।

About Author

Advertisement