ला लीगामा शीर्ष स्थानको नजिक पुग्यो रियल म्याड्रिड

IMG-20261102-WA0054

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा रियल म्याड्रिडले आफ्नो असाधारण लयलाई कायम राख्दै एकतर्फी जीत हासिल गऱ्यो। रियल म्याड्रिडले आइतवार राति खेलिएको म्याचमा रेसिंग साण्टानडेरविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५३ प्रतिशत बल पोजेशनको साथ खेल्ने रियल म्याड्रिडको निम्ति कीलियन एम्बाप्पेले पहिलो गोल गरे। फ्रान्सका स्टार फरवर्डले ११औं मिनटमा पेनल्टीबाट गोल गरे। त्यसको ठीक ११ मिनटपछि जूड बेलिंघमले अझ एक गोल गरी टोलीलाई २-०-ले अघि पारे। मध्यान्तर अघि नै रियल म्याड्रिडले म्याचको तेस्रो गोल पनि हासिल गऱ्यो। यान डियोमाण्डेले ३६औं मिनटमा लामो दूरीबाट दर्शनीय भली गोल गरी विपक्षी टोलीको चुनौतीलाई माटोमा मिलाए। दोस्रो हाफको खेलमा पनि रियल म्याड्रिडको वर्चस्व रह्यो तर टोलीले गोल चाहिँ गर्न सकेन। एम्बाप्पेको शट् बारमा लागेर फर्कियो भने बेलिंघमको गोल अफ साइडले गर्दा रद्द गरियो। यस जीतको साथ रियल म्याड्रिड ११ वटा म्याचमा २७ अंकको साथ ला लीगा अंक तालिकाको तेस्रो स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग शीर्षमा रहने बार्सिलोनाभन्दा ३ अनि दोस्रो स्थानमा रहने एट्लेटिको म्याड्रिडभन्दा केवल १ अंक कम्ती रहेको छ। यसरी एथलेटिक क्लब बिल्बाओले रियल सोसिएदादविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो घरेलु मैदानमा विजेता टोलीबाट इनाकी विलियम्स र एलेक्स बेरेंगुएरले गोल गरे। यसरी रियल सोसिएदादबाट लुका सुसिचले गोल गरे। रियल सोसिएदाद १९ अंकको साथ पाँचौं स्थानमा रहेको छ। यसरी सातौं स्थानमा रहने एथलेटिकसँग १५ अंक रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा भेलेन्सियाले एल्चेविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा विजेता टोलीबाट एकमात्र गोल उमर सादिकले ६९औं मिनटमा गरे।

About Author

Advertisement