ला लीगाः शीर्ष स्थानमा बढ़तलाई अझ फराकिलो बनायो बार्सिलोनाले

IMG_20230306_122526.jpg

६ मार्चः स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाले जीतको लय हासिल गर्दै शीर्ष स्थानमा आफ्नो बढ़तलाई अझ फराकिलो बनायो। बार्सिलोनाले आइतवार राति खेलिएको म्याचमा दशजना खेलाड़ीको साथ खेल्दै भेलेन्सियालाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५४ प्रतिशत पोजेशनको साथ खेले पनि डिफेण्डर रोनाल्ड अराउजोलाई ५९औं मिनटमा रातो कार्ड देखाइँदा बार्सिलोना दशजना खेलाड़ीमा सीमित भयो। मध्यान्तरपछि अधिकांश समय नै विपक्षी टीम दशजना खेलाड़ीको साथ खेले पनि भेलेन्सियाले मौकाको फाइदा उठाउन सकेन। बार्सिलोनाबाट म्याचको एकमात्र गोल राफिन्हाले १५औं मिनटमा छिराए। यस जीतको साथै बार्सिलोना २४ वटा म्याचमा ६२ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। अहिले बार्सिलोनासँग दोस्रो स्थानमा रहने रियल म्याड्रिडभन्दा ९ पोइण्ट अधिक रहेको छ। यसरी नै भेलेन्सिया २३ पोइण्टको साथ १९औं स्थानमा रहेको छ। रियल म्याड्रिडले चाहिँ अन्य एउटा म्याचमा रियल बेटिस विरुद्ध गोलरहित ड्र (०-०)-मा सन्तोष मान्नु पऱ्यो। बेटिसको होम ग्राउण्डमा ६३ प्रतिशत पोजेशनको साथ खेले पनि रियल म्याड्रिडले गोल गर्न सकेन। यस ड्र पछि दोस्रो स्थानमा कायम रहने रियल म्याड्रिडसँग ५३ पोइण्ट रहेको छ। यसरी नै रियल बेटिस ४१ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ।

About Author

Advertisement