ला लीगाः रोमाञ्चक जीतको साथ रियलको नजिक पुग्यो एट्लेटिको

IMG-20230410-WA0103.jpg

१० अप्रेलः स्पेनिश ला लीगा फूटबलमा एट्लेटिको म्याड्रिडले रोमाञ्चक जीतको साथ रियल म्याड्रिडसँग पोइण्ट्सको अन्तरलाई कम्ती गऱ्यो। आइतवार राति खेलिएको रोमाञ्चक म्याचमा एट्लेटिको म्याड्रिडले दशजना खेलाड़ीको साथ लड़ाइँ गर्ने रायो भाल्लेकानोलाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट नाहुएल मोलिनाले २२औं र मारिओ हरमोसोले २४औं मिनटमा गोल गरे। मध्यान्तरपछि ६२औं मिनटमा रायो भाल्लेकानोका डिफेण्डर फ्लोरिएन लेजेउनेलाई रेड कार्ड देखाइँदा होम टीम दशजना खेलाड़ीमा सीमित भयो तर एट्लेटिकोले यसको फाइदा उठाउन सकेन अनि अन्तमा उल्टा एक गोल खायो। रायो भाल्लेकानोबाट फ्रान गार्सियाले ८५औं मिनटमा एक गोल गरे।

यस जीतपछि एट्लेटिको म्याड्रिड २८ वटा म्याचमा ५७ पोइण्टको साथ ला लीगा टेबलको तेस्रो स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने रियल म्याड्रिडभन्दा केवल २ पोइण्ट कम्ती रहेको छ। यसरी रायो भाल्लेकानो ३७ पोइण्टको साथ नवौं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा अल्मेरियाले भेलेन्सियालाई २-१-ले अनि काडिजले रियल बेटिसलाई २-०-ले पराजित गऱ्यो। भाल्लाडोलिड र माल्लोर्काबीचको म्याच ३-३-ले ड्र रह्यो। रियल बेटिस अहिले ४५ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ।

About Author

Advertisement