ला लीगाः रियलको हार, खिताब जित्ने नजिक पुग्यो बार्सिलोना

IMG-20230320-WA0118.jpg

२० मार्चः स्पेनिश ला लीगा फूटबलको बहुप्रीक्षित एल क्लासिको म्याचमा जीतको साथ बार्सिलोना खिताब जित्ने नजिक पुग्यो। आइतवार अबेर राति खेलिएको सीजनको अन्तिम एल क्लासिको म्याचमा बार्सिलोनाले चीरप्रतिद्वन्द्वी रियल म्याड्रिड विरुद्ध २-१-ले चरम रोमाञ्चक जीत हासिल गऱ्यो। यस जीतको साथै बार्सिलोनाले २०१९ पछि पहिलोपल्ट ला लीगा च्याम्पियन बन्ने दिशामा अझ एक कदम अघि बढ़ायो। अहिले शीर्ष स्थानमा कायम बार्सिलोनासँग दोस्रो स्थानमा रहने गत सीजनको च्याम्पियन रियल म्याड्रिडभन्दा १२ पोइण्ट अधिक रहेको छ। अहिले लीगमा अझ १२ वटा म्याच बाँकी रहेको हुनाले बार्सिलोना च्याम्पियन बन्ने प्रबल सम्भावना देखिएको छ। बार्सिलोनाले आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ५५ प्रतिशत पोजेशनको साथ खेल्दै शुरुमै गोल खाए पनि असाधारण पुनरागमनको साथ रोमाञ्चक जीत हासिल गऱ्यो।

म्याचमा रियल म्याड्रिडको शुरुवात असल रह्यो अनि बार्सिलोनाका डिफेण्डर रोनाल्ड अराउजोले नवौं मिनटमा आत्मघाती गोल गर्दा कार्लो एन्सेलोट्टीको टीमले बढ़त हासिल गऱ्यो। त्यसपछि चरम दबाउमा रहने होम टीमलाई सर्जी रोबर्तोले १-१-को बराबरीमा पुऱ्याए। उनले मध्यान्तर अघि ४५औं मिनटमा गोल गरे। दोस्रो हाफको खेल पनि रोमाञ्चक रह्यो अनि मार्को असेन्सिओले ८१औं मिनटमा गोल गरी रियललाई बढ़त दिलाएका थिए तर भीएआर-ले फेरि एकपल्ट बार्सिलोनालाई बचायो। असेन्सिओको गोललाई अफ् साइड घोषित गरियो। त्यसपछि फ्रांक केस्सीले स्टपेज टाइमको दोस्रो मिनटमा दर्शनीय गोल गरी बार्सिलोनालाई २-१-ले रोमाञ्चक जीत दिलाए। यस जीतपछि शीर्ष स्थानमा कायम बार्सिलोनाको २६ वटा म्याचमा ६८ पोइण्ट पुग्यो।

यसरी नै रियल ५६ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। आइतवार राति खेलिएको ला लीगाका अन्य म्याचहरूमा रियल सोसिएदादले एल्चेलाई २-०-ले, भिल्लारियलले ओसासुनालाई ३-०-ले अनि गेटाफेले सेविलेलाई २-०-ले पराजित गऱ्यो। रियल सोसिएदाद ४८ पोइण्ट लिएर एट्लेटिको म्याड्रिडपछि पोइण्ट्स टेबलमा चौथो स्थानमा रहेको छ।

About Author

Advertisement