ला लीगाः बार्सिलोना र रियल म्याड्रिड विजयी

२९ अगस्तः स्पेनिश ला लीगा फूटबलमा दुई हेभिवेट टीम बार्सिलोला र रियल म्याड्रिडले आ-आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीको उत्कृष्ट प्रदर्शनको दममा भालाडोलिडलाई ४-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोना अघि विपक्षी टीमले कुनै चुनौती पेश गर्न सकेन। होम टीमबाट पोल्याण्डका फूटबलर लेवाण्डोस्कीले २४औं र ६४औं मिनटमा २ गोल गरे। यसबाहेक पेड्रीले ४३औं र सर्जी रोबर्टोले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। यस जीतपछि बार्सिलोना ३ वटा म्याचमा ७ पोइण्टको साथ ला लीगा टेबलको तेस्रो स्थानमा रहन पुग्यो। यसरी नै रियल म्याड्रिडले एस्पानयोल विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। म्याचमा लगभग अन्तसम्म स्कोर १-१-को बराबरीमा रहेको थियो। यस्तो स्थितिमा रियल म्याड्रिडलाई जिताउन अघि आए करीम बेञ्जेमा। बेञ्जेमाले ८८औं अनि स्टपेज टाइमको दशौं मिनटमा गोल गरी रियललाई जीत दिलाए। यसअघि रियलबाट विनिसियस जूनियरले १२औं मिनटमा गोल गरे। एस्पानयोलबाट जोसुले-ले ४३औं मिनटमा गोल गरे। म्याचको अन्तिम क्षणमा एस्पानयोलका बेञ्जामिन लेकोम्टेलाई रातो कार्ड देखाइयो। यस जीतपछि रियल म्याड्रिड ३ वटा म्याचमा ९ पोइण्टको साथ गोल अन्तरको आधारमा शीर्ष स्थानमा कायम रह्यो। एस्पानयोल १ पोइण्टको साथ १६औं स्थानमा रहेको छ। रियल झैं आफ्नो तीनैवटा म्याच जित्ने रियल बेटिस ९ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा अल्मेरियाले सेविलेलाई २-१-ले पराजित गऱ्यो। यसरी नै भिल्लारियल र गेटाफेबीचको म्याच १-१-ले ड्र रह्यो। भिल्लारियल अहिले ७ पोइण्टको साथ चौथो स्थानमा रहेको छ। यसरी नै नवौं स्थानमा रहने अल्मेरियासँग ४ पोइण्ट रहेको छ।

About Author

Advertisement