ला लीगाः गत च्याम्पियन बार्सिलोनाको पहिलो जीत

IMG-20230821-WA0199.jpg

२१ अगस्तः स्पेनिश ला लीगा फूटबलको नयाँ सीजनमा ड्र-को साथ अभियान शुरु गर्ने गत सीजनको च्याम्पियन बार्सिलोनाले जीतको खाता खोल्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले काडिजलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७५ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले दुवै गोल म्याचको अन्ततिर हासिल गऱ्यो। विजेता टीमबाट पेड्रीले ८२औं अनि फेरान टोरेसले स्टपेज टाइमको चौथो मिनटमा गोल गरे। बार्सिलोना यसअघि खेलिएको म्याचमा गेटाफे विरुद्ध गोलरहित ड्र (०-०)-मा अल्झिएको थियो। यसबीच एट्लेटिको म्याड्रिड चाहिँ रियल बेटिस विरुद्ध गोलरहित ड्र-मा रोकियो। रियल बेटिसले आफ्नो होम ग्राउण्डमा खेल्दै एट्लेटिकोलाई कड़ा चुनौती दियो तर दुवै टीमले गोल चाहिँ गर्न सकेन। ला लीगाका अन्य एउटा म्याचमा गिरोनाले गेटाफेलाई ३-०-ले पराजित गऱ्यो।

About Author

Advertisement